
आज पनि बढ्यो अमेरिकी डलरको भाउ, प्रमुख मुद्राहरुको सटही दर कति छ ?
- Apr 24, 2025
- 8
काठमाडौं : आज बिहीबार (वैशाख ११ गते) अमेरिकी डलरको मूल्य पुनः वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको बिक्रीदर १३६ रुपैयाँ ९८ पैसा र खरिददर १३६ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ। बुधबार यो दर क्रमशः १३६ रुपैयाँ ६१ पैसा (बिक्री) र १३६ रुपैयाँ ०१ पैसा (खरिद) रहेको थियो।
आजको विनिमय दरअनुसार, १ युरोको बिक्रीदर १५६ रुपैयाँ ०८ पैसा र खरिददर १५५ रुपैयाँ ४० पैसा छ। बेलायती पाउन्डको बिक्रीदर १८२ रुपैयाँ २० पैसा र खरिददर १८१ रुपैयाँ ४१ पैसा कायम भएको छ।
त्यस्तै, जापानी १० येनको बिक्रीदर ९ रुपैयाँ ६५ पैसा र खरिददर ९ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७६ पैसा रहेको छ।
यसैगरी, क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०२ पैसा छ। कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
No comments yet.