आज सुनको भाउ सामान्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
- Apr 24, 2025
- 8
काठमाडौं : आज नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ, जुन बुधबारको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँभन्दा २०० रुपैयाँले बढी हो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले बढेको छ। बुधबार प्रतितोला १ हजार ९६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १० रुपैयाँमा पुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा अहिले सुनको मूल्य प्रतिऔंस २,३२९.३३ डलर र चाँदीको मूल्य प्रतिऔंस ३३.३७ डलरमा कारोबार भइरहेको छ।
No comments yet.