
आरएसडीसी लघुवित्तको नाफा बढेपनि प्रतिसेयर आम्दानी घट्यो
- Jan 19, 2025
- 47
काठमाडौं : चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा आरएसडीसी लघुवित्तको नाफा घटेको छ र प्रतिसेयर आम्दानी पनि कम भएको छ। यस अवधिमा खुद नाफा ३६.२५ प्रतिशतले घटेर ४ करोड ४१ लाख ८२ हजार रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्षको यसै अवधिमा ६ करोड ९३ लाख ४ हजार रुपैयाँ नाफा थियो।
नाफामा गिरावटको कारण इम्पेयरमेन्ट चार्जको वृद्धि र ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको कमी रहेको छ। खुद ब्याज आम्दानी ८.११ प्रतिशत घटेर ११ करोड २१ लाख १६ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी ३४.६८ प्रतिशत घटेर ६ करोड ४६ लाख ६९ हजार रुपैयाँ पुगेको छ।
इम्पेयरमेन्ट चार्ज गत वर्षको ४१ लाख ७४ हजार रुपैयाँबाट बढेर २ करोड ६० लाख रुपैयाँ पुगेको छ। प्रतिसेयर आम्दानी १० रुपैयाँ ३७ पैसाले घटेर ९ रुपैयाँ ३६ पैसामा पुगेको छ। प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ २९ पैसा रहेको छ, र कम्पनीको चुक्ता पुँजी ९४ करोड ४३ लाख रुपैयाँ रहेको छ।
No comments yet.