एशियन लाइफको हकप्रद शेयरमा आवेदन दिने म्याद साउन २० सम्म
- Jul 29, 2025
- 148
एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार २५ गतेदेखि निष्काशनमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने समय साउन २० गतेसम्म थप गरेको छ। कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर ४.२ कित्ताको अनुपातमा ४२ प्रतिशत हकप्रद शेयर निष्काशन गरिरहेको छ।
कम्पनीले कुल १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा जारी गरेको हो।
यस प्रयोजनका लागि कम्पनीले जेठ १६ गते बुकक्लोज गरेको थियो। जेठ १४ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनको लागि इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एशियन लाइफलाई “IRN A-” रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन गर्न सक्षम रहेको संकेत गर्छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। साथै, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय, एशियन लाइफका कार्यालय, तथा सी-आस्वा सेवामा सहभागी बैंक तथा ‘मेरो शेयर’ मार्फत पनि आवेदन दिन सकिनेछ।
हाल एशियन लाइफको चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी छ भने हकप्रद बाँडफाँटपछि पूँजी ४ अर्ब ८२ करोड रुपैयाँ पुग्नेछ।













No comments yet.