एशियन लाइफको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
- May 28, 2025
- 187
एशियन लाइफ इन्स्योरेन्स लिमिटेड (ALICL) को हकप्रद शेयर सुरक्षित गर्ने आज मंगलबार (जेठ १४) अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि पर्सी जेठ १६ गते शुक्रबार बुक क्लोज गर्ने भएको हो।
यसअनुसार, आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिने अधिकार प्राप्त गर्नेछन्।
कम्पनीले हालको चुक्तापूँजीको ४२ प्रतिशत दरमा हकप्रद शेयर जारी गर्न लागेको हो। यसअन्तर्गत, एशियन लाइफ इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल एक करोड ४२ लाख ७९ हजार ३१२ कित्ता हकप्रद शेयर जारी गर्नेछ, जसको कुल मूल्य एक अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ हुन्छ।
कम्पनीले हकप्रद शेयर जारी गर्ने निर्णय आफ्नो १६औँ वार्षिक साधारण सभाबाट पारित गरेको हो। शेयरधनीहरुले तोकिएको समयमा आफ्नो शेयरधनी विवरण अद्यावधिक गरी हकप्रद शेयर सुरक्षित गर्न सकिनेछ।











No comments yet.