Sarbaguna

एशियन लाईफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारण सभा फागुन ११ गते

एशियन लाईफ इन्स्योरेन्स लिमिटेड (ALICL) ले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न १८औँ वार्षिक साधारण सभा बोलाएको छ।

कम्पनीले फागुन ११ गते सोमबार होटल क्लासिक, सिमरा (बारा) मा साधारण सभा आयोजना गर्ने जनाएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ५.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ २९ गते (एक दिन) बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार माघ २८ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.