एसवाई प्यानल नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
- Nov 9, 2025
- 107
एसवाई प्यानल नेपाल लिमिटेडले कात्तिक १९ गतेदेखि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (कात्तिक २३ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले १ अर्ब ३० करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजीको ४० प्रतिशत बराबर ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।
पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि छुट्याइएका शेयर बाँडफाँट भइसकेको छ। अब कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर निष्काशन गरेको हो।
आईपीओको अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इशुअर रेटिङ डबल बी’ प्रदान गरेको छ, जसले मध्यम जोखिम संकेत गर्दछ।
आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।












No comments yet.