
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ मंगलबार बाँडफाँट हुने, १८ लाख ३८ हजार बढीको हात खाली
- Mar 23, 2025
- 23
काठमाडौं : ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ बाँडफाँट चैत १२ गते, मंगलबार हुने तय भएको छ। नेपाल प्रभु क्यापिटलका अनुसार, बिहान ९ बजे कमलादी, काठमाडौंस्थित कार्यालयमा बाँडफाँट प्रक्रिया सम्पन्न गरिनेछ।
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ प्राप्त गर्न भाग्यकै भरपर्नुपर्नेछ, किनभने यसमा मागभन्दा १६.०२ गुणा बढी आवेदन परेको छ। कुल १९ लाख ८५ हजार ६६३ आवेदकले २ करोड ३६ लाख ५९ हजार १२० कित्ता सेयरका लागि आवेदन दिएका छन्। गोलाप्रथामार्फत बाँडफाँट हुने व्यवस्था गरिएको छ।
No comments yet.