कुमारी बैंकको खुद नाफामा ठूलो सुधार देखिएको
- Aug 7, 2025
- 185
कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २ अर्ब ११ करोड रुपैयाँ पुगेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफा ४६ लाख रुपैयाँ मात्र देखाइएको थियो, जसका कारण खुद नाफा ४५,८२९ प्रतिशतले वृद्धि भएको देखिन्छ।
तर, गत वर्ष नै प्रकाशित विवरणअनुसार अघिल्लो वर्षको चौथो त्रैमासको नाफा २ अर्ब ३० करोड रुपैयाँ थियो। इम्पेयरमेन्ट चार्जमा व्यापक हेरफेर (३.५६ अर्बबाट ६.८४ अर्ब रुपैयाँमा वृद्धि) का कारण नयाँ विवरणमा फरक देखिएको हो।
यसैगरी, प्रतिशेयर आम्दानी (EPS) पनि २ पैसाबाट ८ रुपैयाँ ७ पैसामा पुगेको देखिन्छ। यद्यपि, गत वर्षको विवरणअनुसार EPS ८ रुपैयाँ ८० पैसा थियो, जस अनुसार यो वर्ष प्रतिशेयर आम्दानी घटेको निष्कर्ष निकाल्न सकिन्छ।













No comments yet.