
कुमारी बैंकको १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
- Apr 18, 2025
- 15
काठमाडौं : कुमारी बैंकले १ लाख ९२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ, जुन सेयर हालका संस्थापक सेयरधनीको नाममा रहेको हो।
बैंकले जारी गरेको सूचनाअनुसार, बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र यो सेयर खरिदको लागि आवेदन दिन सक्नेछन्।
आवेदन विवरण:
-
आवेदन अवधि: वैशाख ५ गतेदेखि सुरु भई ३५ दिनभित्र
-
आवेदन दिने स्थान:
-
कुमारी बैंकको प्रधान कार्यालय, टंगाल
-
कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौं
-
सेयरको मूल्य बिक्रेताले तोकेको मूल्यअनुसार हुनेछ।
निर्धारित समयभित्र संस्थापक सेयरधनीले सेयर नकिनेमा, ती सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न सकिने बैंकले जनाएको छ।
No comments yet.