Sarbaguna

कृषि विकास बैंकले लाभांश वितरण गर्ने घोषणा

कृषि विकास बैंक लिमिटेड (ADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकले वितरण गर्न लागेको लाभांशमा ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) समावेश छ।

कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बैठकले हाल कायम फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित गरेपश्चात वितरण गरिनेछ।

Tags

Leave a Comments

Comments

    No comments yet.