
खानी खोला हाइड्रोपावरको विद्युत बिक्री घट्दा कम्पनी नोक्सानमा
- Feb 10, 2025
- 34
काठमाडौं : खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्तसम्म) १ करोड ६९ लाख ९३ हजार रुपैयाँको खुद नोक्सानी बेहोर्यो। गत वर्ष सोही अवधिमा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्रीबाट हुने आम्दानी १० करोड ९४ हजार रुपैयाँबाट घटेर ५ करोड ६० लाख रुपैयाँमा झरेपछि कम्पनी घाटामा गएको हो।
वित्तीय खर्च भने ५ करोड १८ लाख रुपैयाँबाट घटेर ३ करोड ८७ लाख रुपैयाँमा आएको छ। ४६ करोड ५७ लाख १४ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्स १० करोड ७६ लाख रुपैयाँ ऋणात्मक छ।
कम्पनीको प्रति सेयर आम्दानी (EPS) ऋणात्मक ३.६५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ७६.८८ रुपैयाँ कायम छ। हाल कम्पनी १०० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिको प्रतीक्षामा छ।
No comments yet.