गरिमा विकास बैंकको ३.५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, को किन्न सक्नेछन्?
- Mar 14, 2025
- 178
काठमाडौं: गरिमा विकास बैंकले संस्थापक सेयरधनीहरूका नाममा रहेको ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।
यसमा २ लाख ५१ हजार ९५२.११ कित्ता सेयरका लागि बैंकका संस्थापक सेयरधनी, अन्य इच्छुक व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन्। इच्छुक खरिदकर्ताले चैत १ गतेदेखि १५ दिनभित्र बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आवश्यक विवरण उल्लेख गरी आवेदन दिनुपर्नेछ।
त्यसैगरी, बैंकले ९८ हजार २८.८४ कित्ता संस्थापक सेयर पनि बिक्रीमा ल्याएको छ, जसमा केवल बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक सेयरधनीहरूले चैत १ गतेदेखि ३५ दिनभित्र प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ।
निर्धारित समयसम्म संस्थापक सेयरधनीहरूले आवेदन नदिएमा, ती सेयर अन्य व्यक्ति वा संघसंस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।












No comments yet.