गरिमा विकास बैंकले लाभांश घोषणा गर्यो
- Oct 14, 2025
- 110
गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी १९औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।
हाल बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ। प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी बढेर रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ २२ पैसा पुग्नेछ।











No comments yet.