जोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्दै
- Jul 13, 2025
- 234
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम ३७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजीको आधारमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो, जसको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो। त्यसअन्तर्गत असार ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले भदौ ४ गतेसम्म आवेदन दिन सक्नेछन्।
यस हकप्रद निष्काशनको रेटिङ्गमा केयर रेटिङ नेपालले ‘CARE-NP B (Single B)’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
शेयर बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले लक्ष्मी सनराइज क्यापिटल, कम्पनीको कार्यालय, लक्ष्मी बैंक इलाम शाखा, सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। संकलन भएको रकम बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको साँवा र ब्याज तथा संस्थापक विरेन्द्र बहादुर न्यौपानेबाट लिएको सापटी भुक्तानीमा प्रयोग गरिनेछ।













No comments yet.