Sarbaguna

तेह्रथुम पावरको हकप्रद शेयर असार १६ देखि खुला

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले आज बाट आफ्नो १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम चुक्ता पूँजीको बराबर अनुपातमा, अर्थात् १:१ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

यस योजनाअनुसार, कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद शेयर जारी गर्दैछ, जसको कुल मूल्य ४० करोड रुपैयाँ हुनेछ। कम्पनीले यसअघि जेठ ५ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार, जेठ ४ गतेसम्म नेप्सेमा शेयर कायम रहेका लगानीकर्ताले साउन ४ गतेसम्म आवेदन दिन सक्नेछन्।

इक्रा नेपालले कम्पनीलाई “इक्रा एनपी इस्यूअर रेटिङ डबल बी” प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड यस निष्काशनको बिक्री प्रबन्धक रहेको छ। आवेदन नबिल बैंकका छत्तर, म्याङलुङ, फेदाप–सङ्क्रान्तिबजारे शाखा तथा कुमारी बैंकको मेन्छियायम शाखा हुँदै दिन सकिनेछ। साथै, धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवा दिने बैंक तथा वित्तीय संस्थाहरूबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशनपछि ८० करोड रुपैयाँ पुग्नेछ। संकलित पूँजी कम्पनीले माछापुच्छ्रे, नबिल, र ग्लोबल आइएमई बैंकहरूमा रहेको करिब ९२ करोड ६१ लाख रुपैयाँ ऋणको आंशिक भुक्तानीमा प्रयोग गर्नेछ। त्यसअनुसार, माछापुच्छ्रे बैंकमा १६ करोड, र बाँकी दुई बैंकमा १२–१२ करोड रुपैयाँ भुक्तानी गरिनेछ ।

Share Training Near Me

Tags

Leave a Comments

Comments

    No comments yet.