नबिल बैंकको पहिलो त्रैमासमा नाफा घट्यो
- Nov 6, 2025
- 111
नबिल बैंक लिमिटेड (NABIL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
समीक्षा अवधिमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको २ अर्ब ५ करोड ६५ लाख रुपैयाँ को तुलनामा १४.५७ प्रतिशतले कम हो।
खुद ब्याज आम्दानीमा कमी र इम्पेरमेन्ट चार्ज बढेको कारण बैंकको नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५.७७ प्रतिशतले घटेको छ भने फी तथा कमिशन आम्दानी ६.२९ प्रतिशतले बढेको छ। तर, कुल सञ्चालन आम्दानी १.०३ प्रतिशत र सञ्चालन मुनाफा १०.८४ प्रतिशतले घटेको देखिन्छ।
बैंकको इम्पेरमेन्ट चार्ज ४५ करोड ७७ लाख रुपैयाँबाट बढेर ६४ करोड ७२ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिसम्ममा बैंकसँग ५ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा र प्रतिशेयर आम्दानी (EPS) रु २५.९७ कायम भएको छ, जुन गत वर्षको तुलनामा ३.८६ रुपैयाँले कम हो।
असोज मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ रु २४०.७२ र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १९.९७ गुणा रहेको छ।
२७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको नबिल बैंकको जगेडा कोषमा ३८ अर्ब ७ करोड ५१ लाख रुपैयाँ सञ्चित छ। बैंकले पहिलो त्रैमासको अन्त्यसम्ममा ५ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब २१ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ।













No comments yet.