नबिल बैंकले नगद लाभांश घोषणा
- Dec 7, 2025
- 67
नबिल बैंक लिमिटेड (NABIL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जनाएको छ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै लागू हुनेछ। लाभांश स्वीकृत भएपछि शेयरधनीहरूले प्रत्यक्ष रूपमा नगद लाभ पाउनेछन्।












No comments yet.