Sarbaguna
Post Image

नेपाली सेयर बजारमा मूविङ एभरेज

नेपाली सेयर बजारमा मूविङ एभरेज (Moving Average) एक लोकप्रिय प्राविधिक सूचक हो, जसको प्रयोग व्यापारी र लगानीकर्ताले बजारको मूल्य प्रवृत्ति बुझ्न र सही निर्णय लिन गर्छन्।

यसले कुनै शेयर वा सूचकको निश्चित अवधि (जस्तै ५, २०, ५० वा २०० दिन) को औसत मूल्य निकालेर दैनिक मूल्यको उतारचढावलाई समथर बनाउँछ। छोटो अवधिका मूविङ एभरेजहरू (जस्तै ५ दिन वा २० दिन) छोटो समयका मूल्य परिवर्तन पत्ता लगाउन प्रयोग गरिन्छ भने, दीर्घकालीन मूविङ एभरेजहरू (जस्तै ५० दिन वा २०० दिन) बजारको दीर्घकालीन प्रवृत्ति बुझ्न मद्दत गर्छन्।

नेप्सेमा  प्रायः छोटो अवधिको एभरेज लामो अवधिको एभरेज भन्दा माथि वा तल जानु (crossover) लाई खरीद वा बिक्रीको संकेतको रूपमा लिन्छन्। मूविङ एभरेजको प्रयोग गरेर, नेपाली लगानीकर्ताले जोखिम व्यवस्थापनमा सुधार ल्याउन र कारोबारको समय निर्धारणमा सजिलो बनाउन सक्छन्।

 

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.