
नेपाल एसबीआई बैंकको नाफामा सुधार, एनपीएल भने ४ प्रतिशत माथि
- Apr 20, 2025
- 3
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल एसबीआई बैंकले १ अर्ब २० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब १६ करोड रुपैयाँ थियो।
इम्पेयरमेन्ट चार्ज ८० करोड रुपैयाँबाट घटेर ७२ करोड ५८ लाख रुपैयाँमा झरेको छ, जसको प्रभावस्वरूप नाफामा सुधार देखिएको हो। तर, खुद ब्याज आम्दानी भने ३ अर्ब ५७ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको चुक्ता पुँजी १० अर्ब ८९ करोड ९१ लाख ५८ हजार रुपैयाँ छ भने जगेडा कोषमा ८ अर्ब ३७ लाख रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी (EPS) १४ रुपैयाँ ७२ पैसा रहेको छ, जबकि प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ ८ पैसा पुगेको छ।
बैंकको वितरणयोग्य नाफा १ अर्ब ५ करोड रुपैयाँ रहेको छ, जसको आधारमा कम्पनीले करिब ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
No comments yet.