नेपाल वेयरहाउजिङ्गको नोक्सानी घट्यो, आम्दानीमा उल्लेखनीय सुधार
- Feb 8, 2026
- 56
नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा घटेको छ। गत वर्षको पहिलो ६ महिनासम्म ४ करोड ४९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा २ करोड ९ लाख रुपैयाँ नोक्सानीमा सीमित भएको छ, जुन आम्दानीमा आएको सुधारको परिणाम हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ करोड ८७ लाख रुपैयाँबाट बढेर ४ करोड २४ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी पनि १ करोड ७९ लाख रुपैयाँबाट वृद्धि भएर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ। पुस मसान्तसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा कायम छ। हाल कम्पनीको चुक्ता पूँजी ६८ करोड ७५ लाख रुपैयाँ रहेको छ र अन्य इक्विटी २० करोड २५ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको देखिन्छ।













No comments yet.