Sarbaguna
Post Image

नेप्से सूचकमा हल्का गिरावट, लगानीकर्ताहरू मुनाफा बुकिङमा सक्रिय

Nepse २६२९.६७ अंकमा  सुरु भएको थियो भने अन्ततः २६२२.८९ अंकमा बन्द भयो। सूचक आज ८.२४ अंकले घट्दै ०.३१ प्रतिशतले कमजोर बनेको छ। आज कुल रु. ६.०५ अर्ब बराबरको कारोबार सम्पन्न भएको छ भने १२,१८५,३८८ कित्ता सेयर कारोबार भएका छन्।

NEPSE ले आज आफ्नो मुख्य प्रतिरोध स्तर परीक्षण गर्दै रातो क्यान्डलमा बन्द गरेको छ । जसले बजारमा बिक्री दबाब बढेको संकेत गर्दछ। कारोबार अवधिभर लगानीकर्ताहरूलाई मुनाफा बुकिङ (Profit Booking) गर्दै गरेको देखिएको छ। सूचकले आजको कारोबारमा २६१३ अंकको इन्ट्राडे Low बनाएर अन्ततः थोरै माथि बन्द भएको छ।

नोट: नेप्से अहिले २६५० देखि २६९० बिचको महत्वपूर्ण प्रतिरोध स्तर (Resistance zone) नजिक आइपुगेको छ।

Leave a Comments

Comments

    No comments yet.