प्रधानमन्त्री कार्की घाइते भेट्न अस्पतालमा : “तपाईंहरूको पीडा बुझेकी छु, १८ घण्टा खट्छु”
- Sep 13, 2025
- 244
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेको दोस्रो दिनै ‘जेनजी आन्दोलन’मा घाइते भएका युवाहरूसँग अस्पतालमा भेटघाट गरिन्। उनले ट्रमा सेन्टर र सिभिल अस्पतालमा पुगेर घाइतेहरूको अवस्था बुझिन्, परिवारलाई ढाडस दिइन् र डाक्टरहरूसँग उपचारबारे जानकारी लिइन्।
२२ वर्षीय बेगम देउला, १९ वर्षीय सुवास दाहाल, ४२ वर्षीय रमेश परियार र सिन्धुपाल्चोकका मदन कार्कीसहितका घाइतेसँग प्रधानमन्त्रीले संक्षिप्त भेट गर्दै “म तपाईंहरूको लागि १८ घण्टा काम गर्छु, तपाईंहरूको घाउ मैले बुझेकी छु” भन्दै आश्वासन दिइन्।
घाइते युवाहरूले भ्रष्टाचार अन्त्य, लुटिएको सम्पत्ति फिर्ता र देशलाई समृद्ध बनाउन माग राखे। छोटो भेट भए पनि प्रधानमन्त्रीमा परिवर्तन गर्ने इच्छाशक्ति देखिएको उनीहरूको भनाइ छ।













No comments yet.