Sarbaguna

प्रभु इन्स्योरेन्सको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड (PRIN) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले १८ प्रतिशत बोनस शेयरको समायोजन गर्दै नयाँ मूल्य ८०७ रुपैयाँ ८० पैसा निर्धारण गरेको हो।

समायोजनअघि बिहीबार अन्तिम कारोबार मूल्य प्रतिकित्ता ९५३ रुपैयाँ २० पैसा रहेकोमा त्यसको आधारमा मूल्य समायोजन गरिएको हो। यही समायोजित मूल्यअनुसार आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ।

प्रभु इन्स्योरेन्सले साउन २३ गते शुक्रबार काठमाडौँस्थित आफ्नै केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स, तिनकुनेमा २९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा १८ प्रतिशत बोनस शेयर र ०.९४७४ प्रतिशत नगद लाभांश पारित गर्नुका साथै बोनसपछि कायम पूँजीको ४७ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

सभाले लेखापरीक्षक नियुक्ति, प्रबन्धपत्र तथा नियमावली संशोधन लगायतका विषयमा निर्णय गर्नेछ।

Share Training in Lalitpur

Tags

Leave a Comments

Comments

    No comments yet.