प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सका १ लाख ५ हजार कित्ता संस्थापक सेयर बिक्री खुला
- Feb 10, 2025
- 257
काठमाडौं : प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेका १ लाख ५ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरूले आज (माघ २८ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा आवश्यक विवरणसहित आवेदन दिनुपर्नेछ।
बिक्रेताले निर्धारण गर्ने मूल्यअनुसार सेयर मूल्य निर्धारण गरिने कम्पनीको सूचनामा उल्लेख छ। तोकिएको अवधिमा संस्थापक सेयरधनीहरूले सेयर खरिद नगरेमा अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।











No comments yet.