
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
- Apr 17, 2025
- 12
प्रि–ओपन सेसनमा नेप्से सूचक ४.९८ अंकले उकालो लाग्दै २७०१.२२ विन्दुमा पुगेको छ।
यो अवधिमा १२ लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कुल ४१ कम्पनीका २ हजार ४१७ कित्ता सेयर किनबेच भएका छन्।
सेसनभर जम्मा ६५ वटा कारोबार सम्पन्न भएका छन्। मूल्य परिवर्तनतर्फ हेर्दा २८ कम्पनीको सेयर मूल्य बढेको छ भने १३ कम्पनीको घटेको छ।
No comments yet.