बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद शेयर निष्कासन सुरु
- Jul 15, 2025
- 202
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले आज असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १:१ अनुपातमा कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ, जसको कुल अंकित मूल्य ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ रहेको छ।
हकप्रद शेयरका लागि आवेदन दिने अन्तिम मिति साउन १९ गते तोकिएको छ। जेठ २२ गते बुकक्लोज गरिएकोले, त्यसअघिसम्म (जेठ २१ गतेसम्म) कायम रहेका शेयरधनीले मात्र आवेदन दिन सक्नेछन्।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘CARE-NP BB (IS)’ रेटिङ दिएको छ, जसले औषत जोखिम रहेको संकेत गर्छ। बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताले आरबिबि मर्चेन्ट बैंकिङ, राष्ट्रिय वाणिज्य बैंकका विभिन्न शाखा तथा सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै ‘मेरो शेयर’ अनलाइन प्लेटफर्मबाट पनि आवेदन दिन सकिनेछ।
हकप्रदपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँ पुग्नेछ। उठेको रकममध्ये १ करोड ५८ लाख क्षतिग्रस्त हेवाखोला आयोजनाको पुनर्निर्माण र अन्य खर्चमा, बाँकी ५२ करोड रुपैयाँ जलशक्ति हाइड्रो कम्पनीमा लगानी र अधिग्रहणका लागि प्रयोग गरिनेछ।












No comments yet.