बरुण हाईड्रोपावरको हकप्रद शेयरका लागि बुक क्लोज जेठ २२ गते
- May 28, 2025
- 250
बरुण हाईड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले शतप्रतिशत हकप्रद शेयर जारी गर्न बुक क्लोज मिति तय गरेको छ। कम्पनीले हकप्रद शेयर निष्कासनको प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने निर्णय गरेको हो।
यसअनुसार, जेठ २१ गते बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरुले हकप्रद शेयर खरिद गर्न सक्नेछन्।
कम्पनीले १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो।












No comments yet.