बुङ्गल हाइड्रोकोआईपीओ खुला
- Jul 13, 2025
- 148
बुङ्गल हाइड्रोपावर लिमिटेडले आज (असार २९ गते) देखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो।
यसमा ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लागि छुट्याइएको छ। जसमध्ये ६५ प्रतिशत अति प्रभावित वडा नं. ६ र ७ का बासिन्दा र ३५ प्रतिशत अन्य प्रभावित वडाहरूका लागि वितरण गरिनेछ।
यसका अतिरिक्त, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ७ हजार ५०० कित्ता शेयर (१०%) छुट्याइएको छ। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले साउन ११ गतेभित्र आवेदन दिनुपर्नेछ भने स्थानीय बासिन्दाहरूको लागि आवेदन अवधि साउन ११ देखि साउन २६ गतेसम्म तोकिएको छ।
कम्पनीले प्राप्त गरेको ‘CARE-NP B’ रेटिङले दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ। आईपीओको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
बुङ्गल हाइड्रोले १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत ३ अर्ब २ करोड रुपैयाँ रहेको छ। उक्त आयोजनाको अनुमति अवधि अझै २६ वर्ष १० महिना बाँकी छ। लगानी फिर्ता हुने अनुमानित अवधि सामान्य अवस्थामा ९.८५ वर्ष र छुटमा २२.२९ वर्ष रहेको छ।











No comments yet.