माबिलुङ्ग इनर्जीले आईपीओ निष्काशन सुरु
- Jul 6, 2025
- 173
माबिलुङ्ग इनर्जी लिमिटेडले आज (असार २२ गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन सुरु गरेको छ।
कम्पनीले कुल जारी पूँजीको ४८.९९९८ प्रतिशत अर्थात् १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्न लागेको हो। जसअनुसार आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ३ लाख ८५ हजार ८२४ कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार ४७१ कित्ता शेयर छुट्याइएको छ।
स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने छन्। आवेदनको अन्तिम म्याद साउन ४ गतेदेखि ढिलोमा साउन १९ गतेसम्म रहेको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीले साउन ४ गतेभित्र आवेदन दिनुपर्नेछ।
इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ्ग बी+’ प्रदान गरेको छ, जसले औसत जोखिम संकेत गर्दछ।
कम्पनीको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छ, जसको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ रहेको छ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
स्थानीय आवेदकले तोकिएका बैंक तथा कम्पनी कार्यालयमार्फत आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारमा रहेका नेपालीले सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।













No comments yet.