मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
- Nov 6, 2025
- 126
मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (कात्तिक २२ गते) परेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक २३ गतेदेखि मंसिर ६ गतेसम्म बुकक्लोज गर्ने भएको छ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन र बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
बैंकले मंसिर ६ गते, शनिबार, सुनसरी उद्योग वाणिज्य संघ, धरानमा बिहान ११ बजे सुरु हुने २०औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले करसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारण तर्फका तीन जना सञ्चालकको निर्वाचन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने जस्ता प्रस्तावहरू पनि पारित गर्नेछ।













No comments yet.