युनाइटेड अजोड इन्स्योरेन्सको बोनसपछि शेयरमूल्य समायोजन
- Jul 3, 2025
- 219
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UAIL) को शेयरमूल्य समायोजन गरिएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेपछि नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजन गर्दै नयाँ मूल्य निर्धारण गरेको हो।
समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ५५६ रुपैयाँ ६२ पैसा कायम भएको छ। यो मूल्य अघिल्लो कारोबार दिन अर्थात बुधबारको अन्तिम मूल्य ६१२ रुपैयाँ २८ पैसाका आधारमा निर्धारण गरिएको हो। आजको दोस्रो बजार कारोबार सोही समायोजित मूल्यबाट खुल्नेछ।
इन्स्योरेन्सले असार ३० गते, सोमबार, काठमाडौँको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट एण्ड इभेन्ट प्रा.लि. मा बिहान १०:३० बजे ३१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभामा हालको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
त्यसैगरी, सभाले बोनस वितरणपछि कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गर्नेछ।











No comments yet.