राजस्व संकलनमा १ खर्ब २० अर्ब रुपैयाँले वृद्धि (८१/८२)
- Jul 17, 2025
- 209
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा सरकारको कुल राजस्व संकलन ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा १ खर्ब २० अर्ब रुपैयाँले बढी हो। अघिल्लो आव २०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ मात्र राजस्व संकलन भएको थियो।
राजस्व संकलनमा ११.३३ प्रतिशतले वृद्धि भएको मन्त्रालयले जनाएको छ। सरकारले चालु आवमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भए पनि वार्षिक समीक्षामार्फत संशोधन गर्दै १२ खर्ब ८६ अर्ब रुपैयाँमा झारिएको थियो। संशोधित लक्ष्यको सन्दर्भमा ९१.६० प्रतिशत राजस्व संकलन भएको हो।
राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले प्राकृतिक विपद् र अन्तर्राष्ट्रिय चुनौतीहरूबीच पनि तुलनात्मक रूपमा सन्तोषजनक संकलन भएको बताए। "तयारी थालिसकेका छौं, चालु आवमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं," उनले भने।
चालु आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन लक्ष्य निर्धारण गरिएको छ। विगतका वर्षहरूमा राजस्व संकलनको विवरण यसप्रकार रहेको छ:
-
आव २०७१/७२: ४ खर्ब ५ अर्ब
-
आव २०७२/७३: ४ खर्ब ८१ अर्ब
-
आव २०७३/७४: ६ खर्ब ९ अर्ब
-
आव २०७४/७५: ७ खर्ब २६ अर्ब
-
आव २०७५/७६: ८ खर्ब २९ अर्ब













No comments yet.