Sarbaguna

रु रु जलविद्युतको नाफा घट्यो, खर्च बढ्दा दबाबमा नतिजा

रु रु जलविद्युत परियोजना लिमिटेड (RURU) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत वर्षको सोही अवधिको तुलनामा ११.५८ प्रतिशतले घटेको छ।

कम्पनीले पहिलो तीन महिनामा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जबकि गत वर्षको सोही अवधिमा यो रकम ३ करोड ७२ लाख रुपैयाँ थियो।

विद्युत बिक्री आम्दानी स्थिर रहे पनि प्रशासनिक खर्च ५३.६५ प्रतिशतले बढ्दा नाफा घटेको कम्पनीले जनाएको छ। असोज मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी ५ करोड ३३ लाख रुपैयाँ कायम रह्यो। यद्यपि वित्तीय खर्च ४४.८२ प्रतिशतले घटेको भए पनि बढ्दो प्रशासनिक खर्चले समग्र नतिजा कमजोर बनाएको हो।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९८ पैसा घटेर २३ रुपैयाँ २२ पैसामा झरेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात (P/E ratio) २९.६७ गुणा रहेको छ।

५६ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा हाल २४ करोड ५५ लाख रुपैयाँ सञ्चित रहेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.