Sarbaguna
Post Image

लगातार गिरावटपछि नेप्से स्थिरतामा; समर्थन स्तरले भोलि बजारको दिशा तय गर्ने

नेप्से सूचक आज ०.५३ अंकले घट्दै २,६४४.७० अंकमा बन्द भयो, जुन प्रतिशतमा हेर्दा ०.०२% ले मात्र गिरावट हो—अर्थात् बजार लगभग स्थिर रह्यो। आज कुल कारोबार रकम रु ४ अर्ब ४८ करोड १३ लाख भन्दा माथि पुगेको छ भने जम्मा १ करोड ८ लाख १० हजार १०६ कित्ता सेयर किनबेच भएको छ।

दुई दिन लगातार गिरावट पछि नेप्सेले आज केही स्थिरता खोज्दै गरेको संकेत देखायो। कारोबारको क्रममा सूचक करिब 2640 को स्तरमा समर्थन लिँदै तल्लो स्तरबाट दुई पटक उछाल आएको देखियो। दिनभरको उतार–चढावबीच सूचक इन्ट्राडे हाई 2651 सम्म पुगे पनि अन्त्यमा बजार नकारात्मकमै बन्द भयो।

तर, तलको स्तरमा देखिएको यो पुनरुत्थानले हालसम्म देखिँदै आएको Selling दबाब क्रमशः कम हुँदै गएको र लगानीकर्ता पक्षबाट सावधानीपूर्ण रूपमा भए पनि Demand बढ्न थालेको संकेत दिन्छ। विश्लेषकहरूका अनुसार, आगामी सत्रमा 2640 को यो समर्थन स्तर टिक्ने कि बजारले नयाँ दिशा लिने—यही नै मुख्य रूपमा हेर्नुपर्ने हुनेछ।

Leave a Comments

Comments

    No comments yet.