Sarbaguna
Post Image

लगातार ४ दिन घटेपछि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : लगातार चार कारोबार दिनसम्म घटेको सुनको मूल्यमा मंगलबार वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ८८ हजार ८ सय रुपैयाँ पुगेको छ।

सोमबार सोही सुनको भाउ प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँमा कायम थियो। त्यसअघिका चार दिन—बिहीबार, शुक्रबार, आइतबार र सोमबार—सुनको मूल्य क्रमशः २००, १ हजार, १ सय र १४ सय रुपैयाँले घटेको थियो।

उता, मंगलबार चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन। चाँदीको भाउ आज पनि प्रतितोला १ हजार ९७० रुपैयाँमै स्थिर रहेको छ, जुन सोमबारको मूल्यसँग समान छ।

Leave a Comments

Comments

    No comments yet.