श्रीनगर एग्रीटेकलाई आईपीओ निष्काशनको अनुमति
- Jul 30, 2025
- 159
नेपाल धितोपत्र बोर्डले श्रीनगर एग्रीटेक इण्डष्ट्रीज लिमिटेडलाई प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) गर्न अनुमति दिएको छ। बोर्डले कम्पनीलाई साउन १३ गते आईपीओ निष्काशनको स्वीकृति दिएको हो।
कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतका दरले कुल ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्नेछ। यसअनुसार, प्रतिकित्ता १०० रुपैयाँ दरका ३२ लाख ६२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरिनेछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नियुक्त गरिएको छ। अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी शेयर निष्काशन मिति सार्वजनिक गर्नेछ।













No comments yet.