Sarbaguna
Post Image

सगरमाथा लुम्बिनी इन्सुरेन्सले तोक्यो बुक क्लोज मिति ?

काठमाडौं : सगरमाथा लुम्बिनी इन्सुरेन्सले वार्षिक साधारण सभा वैशाख २८ गते बोलाएको छ। उक्त सभा बिहान १० बजे रानीमहल बैंक्वेट प्रालि, ज्ञानेश्वर, काठमाडौंमा सुरु हुनेछ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान विवरण तथा नगद प्रवाह सम्बन्धी विषयमा छलफल गर्नेछ। साथै, कम्पनीले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी एजेन्डा पनि सभामा समावेश गरिएको छ।

साधारण सभा र लाभांश वितरणको प्रयोजनका लागि कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। तसर्थ, वैशाख १६ गतेसम्म सेयरधनी कायम रहने व्यक्तिहरूले मात्र सभामा सहभागिता जनाउन सक्नेछन्।

Leave a Comments

Comments

    No comments yet.