सपोर्ट र रेसिस्टेन्स : बजार मूल्यको माग–आपूर्ति सन्तुलनको प्रमुख संकेतक
- Aug 13, 2025
- 169
सपोर्ट र रेसिस्टेन्स (Support & Resistance) प्रविधिक विश्लेषणका आधारभूत तर महत्वपूर्ण अवधारणाहरू हुन्, जसले बजारको मूल्य चाल बुझ्न मद्दत गर्छ।
सपोर्ट भनेको यस्तो मूल्य स्तर हो जहाँसम्म कुनै सम्पत्तिको मूल्य घट्दा खरिदकर्ताको चासो बढ्छ र माग बढेर मूल्य घट्नबाट रोक्छ। यसलाई धेरै लगानीकर्ताले सस्तो वा उचित खरिद स्तर ठान्ने हुँदा सो स्तरमा ठूलो मात्रामा खरिद आदेश आउँछ। उदाहरणका लागि, कुनै शेयर बारम्बार रु. १०० मा पुगेर फर्कन्छ भने त्यो यसको सपोर्ट हो।
विपरीत रूपमा, रेसिस्टेन्स भनेको यस्तो मूल्य स्तर हो जहाँसम्म मूल्य बढ्दा विक्रेताको चासो बढ्छ र आपूर्ति बढेर मूल्य बढ्नबाट रोक्छ। यसलाई लगानीकर्ताले महँगो वा उचित विक्री स्तर ठान्ने हुँदा बिक्री आदेशको मात्रा बढ्छ। जस्तै, कुनै शेयर बारम्बार रु. १५० मा पुगेर तल झर्छ भने त्यो यसको रेसिस्टेन्स हो।
सपोर्ट र रेसिस्टेन्स स्तरहरू बजारको माग–आपूर्तिको सन्तुलन बुझ्न, ट्रेडिङ रणनीति बनाउन, र सम्भावित ब्रेकआउट वा ब्रेकडाउनको पहिचान गर्न उपयोगी हुन्छन्। यद्यपि यी स्तरहरू स्थायी हुँदैनन् र बजारको अवस्था, समाचार, मनोविज्ञान तथा व्यापारको मात्राका आधारमा परिवर्तन हुन्छन्।
चार्ट विश्लेषण, ट्रेन्डलाइन, मूभिङ एभरेज र अन्य सूचकहरू प्रयोग गरेर यी स्तरहरू पहिचान गर्न सकिन्छ।












No comments yet.