Sarbaguna
Post Image

सरकारले पुँजी बजारलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले पुँजी बजारलाई प्राथमिकता दिएर बजेट ल्याएको बताएका छन्। नेपाल धितोपत्र बोर्डको ३३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले पुँजी बजारको विकास र विस्तारप्रति सरकार सकारात्मक रहेको स्पष्ट पारे।

उनले भने, "बजेटले सरकार पुँजी बजारप्रति कत्तिको प्रतिबद्ध छ भन्ने कुरा देखाएको छ। धितोपत्र बोर्ड कुनै दबाब वा प्रभावमा नपरी काम गर्नुपर्छ भन्ने अपेक्षा सरकारको छ।"

पौडेलले बोर्डले इन्साइडर ट्रेडिङको विरोध गर्नुपर्ने र लगानीकर्तालाई आवश्यक लगानी शिक्षा तथा सचेतना दिनुपर्नेमा जोड दिए। साथै, पुँजी बजारमा नयाँ वित्तीय उपकरण (इन्स्ट्रुमेन्ट) ल्याइनु आवश्यक रहेको धारणा पनि राखे।

Tags

Leave a Comments

Comments

    No comments yet.