Sarbaguna

साउनमा वाणिज्य बैंकको औसत ब्याजदर घट्यो

वाणिज्य बैंकहरूले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार असार महिनाको तुलनामा साउनमा औसत ब्याजदर घटेको छ।

व्यक्तिगत मुद्दति निक्षेपमा असार महिनामा अधिकतम ब्याजदर औसतमा ५.९०२ प्रतिशतविन्दु रहेकोमा साउन महिनामा घटेर ५.६९७५ प्रतिशतविन्दुमा झरेको छ। यो ०.२०४५ प्रतिशतविन्दुले घटेको हो। त्यस्तै, संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि औसतमा ०.२६ प्रतिशतविन्दुले घटेको छ।

२० वटा वाणिज्य बैंकहरूमध्ये १४ बैंकले साउनमा ब्याजदर घटाएका छन्। प्रभु बैंकले सबैभन्दा धेरै ब्याजदर घटाउँदै व्यक्तिगत मुद्दति निक्षेपमा असारमा ६.१ प्रतिशत रहेको दरलाई साउनमा घटाएर ४.२५ प्रतिशतमा झारेको छ। यो दर हाल सबैभन्दा कम ब्याजदर हो।

अर्कोतर्फ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ६.२६ प्रतिशत ब्याज दिनेछ।

चार वटा बैंक— माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, र एनएमबि बैंकले भने ब्याजदरमा कुनै परिवर्तन नगरी असारकै दरलाई निरन्तरता दिएका छन्।

यसबिच, हिमालयन बैंक ब्याजदर बढाउने एकमात्र बैंक बनेको छ। बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ५.५ प्रतिशतबाट बढाएर ६ प्रतिशत पुर्‍याएको छ। संस्थागत निक्षेपमा पनि बैंकले दर ४ प्रतिशतबाट बढाएर ५ प्रतिशत बनाएको छ।

समग्रमा साउन महिनामा वाणिज्य बैंकहरूको ब्याजदर ओरालो लागेको देखिन्छ, जसले निक्षेपकर्ताहरूको प्रतिफलमा केही असर पार्ने सम्भावना छ।

Share Training Near Me

Tags

Leave a Comments

Comments

    No comments yet.