साङ्ग्रिला डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न साधारण सभा
- Nov 30, 2025
- 84
साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्ने उद्देश्यले आगामी पुस ७ गते साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौँको कालिकास्थानस्थित अमृतभोग क्याटरर्समा बिहान १०:३० बजेबाट सुरु हुने बैंकले जनाएको छ।
सभाले हालको चुक्ता पूँजीमा ५% बोनस शेयर र कर प्रयोजनसहित ५.३५८३% नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, बैंकको प्रबन्धपत्र–नियमावली संशोधन, सम्भावित मर्जर तथा एक्विजिशन प्रक्रियाका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तथा नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि प्रस्तुत गरिनेछन्।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर २३ देखि पुस ७ गतेसम्म बुकक्लोज घोषणा गरेको छ। यसअनुसार, मंसिर २२ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।












No comments yet.