सानिमा मिडिल तमोर हाइड्रोपावरको नाफा, वित्तीय खर्च घट्दा नतिजा सुधार
- Nov 13, 2025
- 114
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको नाफा उल्लेखनीय वृद्धि भएको छ।
समीक्षा अवधिमा कम्पनीले २१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.०६ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो।
विद्युत बिक्री आम्दानी सामान्य वृद्धि भए पनि वित्तीय खर्च घट्न पुगेकाले कम्पनीको खुद नाफा सुधारिएको हो। यसले कम्पनीको सञ्चालन दक्षता र मुनाफा क्षमतामा सकारात्मक प्रभाव पारेको देखिन्छ।












No comments yet.