सानिमा मिडिल तमोर हाइड्रोको नाफा घट्यो, विद्युत बिक्री आम्दानी कमजोर
- Feb 10, 2026
- 56
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड (TAMOR) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.०४ प्रतिशतले कम हो। विद्युत बिक्री आम्दानी १६.९३ प्रतिशत घटेर ८८ करोड ९१ लाख रुपैयाँमा सीमित हुँदा वित्तीय खर्च घटेपनि कम्पनीको समग्र नाफामा दबाब परेको देखिन्छ। समीक्षा अवधिमा कुल नाफा १८.९० प्रतिशत र खुद सञ्चालन मुनाफा २७.०४ प्रतिशत घटेको छ भने प्रतिशेयर आम्दानी १० रुपैयाँ ८६ पैसामा झरेको छ। ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ५७ पैसा र मूल्य आम्दानी अनुपात ४१.३३ गुणा रहेको छ, साथै रिटेन्ड अर्निङ्गमा ५१ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।














No comments yet.