
सामुदायिक लघुवित्तको खराब कर्जा र नोक्सानी यसरी कम भयो
- Jan 28, 2025
- 39
काठमाडौं: सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खराब कर्जा उल्लेखनीय रूपमा घटाउन सफल भएको छ। खराब कर्जासँगै कम्पनीको नोक्सानी पनि घटेको छ। चालु आवको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ८ लाख रुपैयाँको खुद घाटा व्यहोरेको छ।
गत वर्ष सोही अवधिमा कम्पनीको घाटा ३ करोड ९९ लाख रुपैयाँ थियो। संस्थाको गैर-कार्यशील कर्जा अनुपात (एनपीएल) १४.६५ प्रतिशतबाट घटेर ४.८९ प्रतिशतमा झरेको छ। यस्तै, कम्पनीको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ।
पुससम्ममा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। हाल संस्थाको चुक्ता पुँजी १७ करोड ८ लाख रुपैयाँ छ भने जगेडा कोषमा १ करोड ३५ लाख रुपैयाँ रहेको छ। यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ऋणात्मक १२.७३ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०७.९१ रुपैयाँ रहेको छ।
No comments yet.