
सिटिजन्स बैंकको इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि, एनपीएल ५ प्रतिशत भन्दा धेरै
- Apr 20, 2025
- 5
काठमाडौं: चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ९६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब २१ करोड १४ लाख रुपैयाँको तुलनामा २०.६० प्रतिशतले कम हो।
इम्पेयरमेन्ट चार्ज ९८ करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेपछि नाफामा गिरावट आएको हो। यद्यपि, खुद ब्याज आम्दानी भने ४ अर्ब २५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ७४ करोड रुपैयाँमा पुगेको छ।
बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँ छ भने जगेडा कोषमा ७ अर्ब ६२ करोड ७३ लाख रुपैयाँ सञ्चित छ। बैंकको प्रतिसेयर आम्दानी (EPS) ८ रुपैयाँ ६८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ७५ पैसा पुगेको छ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा १६ करोड २६ लाख रुपैयाँ रहेको छ। यता, बैंकको गैर-सञ्चलनशील कर्जा (NPL) बढेर ५.७१ प्रतिशतमा पुगेको छ।
No comments yet.