Sarbaguna

सिद्धार्थ र सिटिजन्स बैंकको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिद्धार्थ बैंक (SBL) र सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) का शेयरमूल्य समायोजन भएका छन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी बैंकहरूले बुकक्लोज गरेपछि नेप्सेले दुबै बैंकको ५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।

समायोजनपछि सिद्धार्थ बैंकको शेयरमूल्य ३४९ रुपैयाँ ५२ पैसा र सिटिजन्स बैंकको २०२ रुपैयाँ कायम भएको छ।
अघिल्लो कारोबार दिन सिद्धार्थ बैंकको अन्तिम मूल्य ३६७ रुपैयाँ र सिटिजन्स बैंकको २१२ रुपैयाँ १० पैसा रहेको थियो।

यही समायोजित मूल्यका आधारमा आज दोस्रो बजारमा यी बैंकहरूको कारोबार खुल्नेछ।

साथै, सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा साधारण सभा बोलाएको छ।
सभाले ५% बोनस शेयर र ५.५३% नगद लाभांश पारित गर्ने प्रस्तावसहित अन्य नियमित एजेन्डामा निर्णय गर्नेछ।

त्यस्तै, सिटिजन्स बैंकले पनि ५% बोनस शेयर र ०.२६% नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.