
सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ३१.९० प्रतिशत बढ्यो
- Apr 25, 2025
- 9
काठमाडौं: सूर्यज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिमा कमाएको २२ करोड ४३ लाख रुपैयाँको तुलनामा ३१.९० प्रतिशतले वृद्धि भएको हो।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशतले बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ। यस्तै, खुद बीमा शुल्क आर्जन १७.८५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
सूर्यज्योतिको जीवन बीमा कोषको आकार हाल ३९ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्समा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ।
प्रतिसेयर आम्दानी (EPS) पनि १ रुपैयाँ २९ पैसाले बढेर वार्षिक ७ रुपैयाँ ८७ पैसा पुगेको छ।
No comments yet.