हिमालयन बैंकको एफपीओ बाँडफाँट
- Jul 29, 2025
- 139
हिमालयन बैंक लिमिटेड (HBL) को एफपीओ आज (साउन १३ गते) बिहान ९ बजे बैंकको कमलादीस्थित कार्यालयमा बाँडफाँट गरिएको छ। बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ प्रिमियम थप गरी १५७ रुपैयाँमा एफपीओ निष्काशन गरेको थियो।
असार ३१ गतेदेखि साउन ४ गतेसम्म खुला रहेको एफपीओमा बैंकले ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्काशन गरेको थियो। सोमा कुल १८ लाख २५ हजार ९२२ लगानीकर्ताबाट ३ करोड ८५ लाख ९१ हजार १६० कित्ता शेयरका लागि आवेदन परेको थियो।
स्वीकृत आवेदन संख्या १७ लाख ४ हजार २७३ रहेको छ भने बाँकी आवेदन रद्द गरिएको छ। मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो।
बाँडफाँटअनुसार ९ लाख २५ हजार ४६ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी ९ कित्ता शेयर २० कित्ताका लागि आवेदन दिनेहरूमध्ये ९ जनालाई थप १ कित्ताका दरले बाँडफाँट गरिएको छ।













No comments yet.