हिमालयन लघुवित्तको नाफा ३६९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानीमा कति ?
- Apr 25, 2025
- 160
काठमाडौं: हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६९.३४ प्रतिशतले बढी हो।
गत वर्ष सो अवधिमा संस्थाले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो। खुद ब्याज आम्दानी १५ करोड ९८ लाख रुपैयाँबाट बढेर २४ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा उल्लेख्य वृद्धि ल्याएको हो। सो अवधिमा संस्थाको इम्पेयरमेन्ट चार्ज ६८ लाख २२ हजार रुपैयाँ रहेको छ।
हाल लघुवित्तको चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ करोड २८ लाख रुपैयाँ सञ्चित छ। यसको प्रतिसेयर आम्दानी (EPS) २२ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ४८ पैसा रहेको छ।













No comments yet.